युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गर्ने प्रयास गरिरहेका छौं : मन्त्री भण्डारी

30 Dec, 2024

Dhanbir Mahato

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार प्रविधिलाई चुस्त दुरुस्त बनाउनका निम्ति सरकार लागि परेको बताएका छन् । आज बिहान महोत्तरीको गौशालामा पत्रकारसँग कुराकानीको क्रममा मन्त्री भण्डारीले पछिल्लो समयमा आएर देखापरेको वैदेशिक रोजगारको नीतिलाई थप प्रवर्द्धनका निम्ति सरकारी संयन्त्रहरु लागि परेको जानकारी दिए।

‘सुरक्षा र मर्यादित तबरले काम गर्ने आधारको साथै हकहित र अधिकारको सवालमा हामी अघि बढेका छौं। सरकारले त स्वदेशमै युवामैत्री रोजगारको अवसर सिर्जना गर्ने प्रयासमा रहेको छ । स्वास्थ्य क्षेत्रका विज्ञलाई राखेर वैदेशिक रोजगारमा जानेको हकमा नीतिलाई अवलम्बन गरेका छौं ।’ उनले भने, ‘खाडी मुलुक पुगेका अधिकांश युवाहरुलाई हावापानी र भाषाको कारण युवाहरु अलपत्र पर्दै आएकोले यसलाई नीतिगत रुपमा सुधार गर्ने तयारीमा जुटेका छन् ।’

उनले स्वास्थ्य नीतिलाई ध्यानमा राख्दै डिजिटलमा आधारित चेकजाँच नीति सरकारले ल्याएको जानकारी दिए। मन्त्री भण्डारीले विदेशमा जाने युवाहरूको स्वास्थ्य परीक्षण कडाईको साथ चेकजाँच गर्दै आएको बताए । विदेशमा ज्यान गुमाएको कामदारले पाउँदै आएको रकमलाई १० लाखसम्म पुर्‍याएको मन्त्री भण्डारीले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024