छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

30 October, 2026

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुभन्दा पहिला श्रम स्वीकृति लिन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था आउन नदिन सम्बन्धित श्रमिकलाई समयमै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

विभागका अनुसार बिदामा आएका श्रमिकले विदेश फर्किने क्रममा हवाई टिकट लिइसकेको भए पनि श्रम स्वीकृति नभएका कारण उडान छुट्ने अवस्था आउन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो ।

हवाई टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि नै आवश्यक कागजात सहित अनलाइन माध्यमबाट पुन: श्रम स्वीकृतिका लागि आवेदन दिन विभागले आग्रह गरेको छ ।

पुन: श्रम स्वीकृतिका लागि आवेदन दिइसकेका श्रमिकको प्रक्रियामा कुनै समस्या आए तत्काल समाधान गर्नुपर्ने भए विभागले सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

त्यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ । श्रमिकले ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएप मार्फत सन्देश पठाएर सम्पर्क गर्न सक्नेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026