सिंगापुर र पोल्याण्ड पठाइदिने भन्दै २२ लाख ठगी गर्ने २ जना पक्राउ

19 December, 2024

विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाबाट दुई जना पक्राउ परेका छन्। सिंगापुर पठाइदिने भन्दै १६ लाख रकम ठगेको आरोपमा धनुषाको मटिहानी नगरपालिका-९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी टेकुबाट पक्राउ परेका हुन्।

धनुषाको गणेशमान चारधाम नगरपालिका-४ घर भएका ३८ वर्षीय राजकुमार चौधरीले पोल्याण्ड पठाइदिने भन्दै ६ लाख ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काँडाघारी पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरुले बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको उजुरी परेको छ। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024