श्रम बैंक सञ्चालन गर्दै पाथीभरा याङवरक

25 December, 2024

Khagendra Adhikari

श्रमिकहरूलाई सम्मानजनक रोजगारीको सुनिश्चितताको लागि ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले श्रम बैंक सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार श्रम बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। पालिकाभित्रका बेरोजगार,अनौपचारिक र असङ्गठित क्षेत्रमा काम गर्ने मजदुरहरू, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने तथा सबै प्रकारका श्रमिकहरूको सम्मानजनक रोजगारीको सुनिश्चितताको लागि श्रम बैंक सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले श्रमिकहरूलाई रोजगारीको सुनिश्चितता,अभिलेखीकरण,सामाजिक सुरक्षा,तालिम तथा क्षमता विकासका लागि श्रम बैंक उपयोग गर्ने घोषणा समेत गरेको छ। पाथीभरा याङवरकले गाउँपालिका क्षेत्रभित्र रहेका बेरोजगार श्रमिकहरूलाई आवेदनका लागि क्युआर कोड वा सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भई आवेदन दिन आह्वान समेत गरेको छ। गाउँपालिकाले फारम भरेका बेरोजगार व्यक्तिहरूको सूची बनाई प्राथमिकतामा आधारमा रोजगारदाताहरूको माग बमोजिम काममा लगाउने घोषणा समेत गरेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024