आसामको कोइला खानीमा एक नेपालीसहित नौ कामदार फसे

8 January, 2025

आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ जना मजदुर फसेका छन्।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको बताए। आसाम सरकारले खानीमा फसेका मजदुरहरूको सूची जारी गरेको छ। यी मजदुरमध्ये एक नेपाली रहेको जनाइएको छ।

घटनास्थलमा खटिएको टोलीका अनुसार खानी भित्र करिब सय फिट पानीको रहेको छ। विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ र उनीहरू छिट्टै यहाँ पुग्ने अपेक्षा गरिएको छ।

कोइला खानीमा सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न गएका मजदुर खानी भित्र फसेका हुन्। खानीमा बिहानैदेखि केही मजदुर फसेको घटनास्थल नजिकै रहेका एक घाइते मजदुरका आफन्तले बताए।

खानीमा एक्कासी पानी भरिएर दुर्घटना भएको जनाइएको छ। उक्त कोइला खानी करिब ३ सय फिट गहिरो रहेको बताइएको छ। बीबीसी

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024