अध्यागमन कानुन उल्लंघन गर्ने चार नेपाली जापानबाट निष्काशित

6 January, 2025

जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि नेपाल आइपुगेका हुन्।

कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन। 

विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान,अमेरिका,मलेसिया,क्यानडा,फ्रान्स,माल्दिभ्स,दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै  आएको छ। जसको मारमा नेपालीहरू पनि पर्ने गरेका छन्। 

केही समयअघि अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाबाट २६ नेपाली निष्काशित भएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024