साउदीको दमाममा राहदानी लिनेकाे भिड

17 June, 2024

वैदेशिक रोजगारीका क्रममा साउदी अरब आएका नेपाली नवीकरण भएर आएको राहदानी लिन लामो लाइनमा बस्नुपरेकाे छ।

गत २२ मे २०२४ सम्म आवेदन दिएकाहरूको नवीकरण भएर नेपालबाट आएकाे राहदानी लिन साउदी अरबको दमाममा शिविर नै आयोजना गरी वितरण गरिएको छ।

टाढाटाढा रहेका श्रमिकलाई सहज हुने गरी पूर्वी क्षेत्रअन्तर्गत दमामको सिको गार्डेनमा शिविर आयोजना गरी १२४३ राहदानी वितरण गरिएकाे नेपाली दूतावास पूर्वी क्षेत्रीय जनसम्पर्क अधिकृत नारायण पासवानले जानकारी दिए।

सो शिविरमा साउदी अरबको दमाम, जुबेल, खोबर, अलहासा हफुफ, नारिया रहिमालगायतका क्षेत्रमा रोजगारमा रहेका नेपाली श्रमिक राहदानी लिन शिविर पुगेका छन्।

साउदीमा रहेको विभिन्न संघसंस्थाले राहदानी वितरण गर्न सहजीकरण गरेका छन्। गैरआवासीय नेपाली संघ, नेपाली जनप्रगतिशील मञ्च साउदी अरब, पानसलगायतका संघसंस्थाले राहदानी वितरणमा सहयोग गरेकाे नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रामचन्द्र वाग्लेले बताए।

राहदानी वितरणलाई अझ सहज बनाउने गरी श्रमिक रहँदै आएको क्षेत्रमा दूतावासले पहुँच बढाउनुपर्ने आवश्यकता देखिन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024