सप्तरीका १४२ जनाको वैदेशिक रोजगारका क्रममा मृत्यु

18 December, 2018

अहिले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ। आर्थिक सवल बनाएको वैदेशिक रोजगारीले जोखिम पनि उत्तिकै बढाएको छ । जोखिम मोल लिएर भएपनि युवाहरु विदेशिने क्रम बढेको छ । र, यो क्रमसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

 

सप्तरीको तथ्यांकलाई मात्रै हेर्ने हो भने पछिल्लो एक दशक यता १४२ जना युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ।  वि.स.२०६५ देखि हालसम्म वैदेशिक रोजगारीमा गएका १४२ जनाको मृत्यु भएको तथ्यांक एक कार्यक्रममा प्रस्तुत गरिएको छ ।

 

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा तिलाठी-कोईलाडी गाँउपालिका र सप्तरी सामुदायिक बिकास केन्ऽको सहयोगमा सूचना तथा परामर्श केन्ऽको संयोजनमा तिलाठी कोइलाडी गाउँपालिकाको तोपामा मंगलबार आयोजना गरिएको कार्यक्रममा सप्तरीबाट वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दै गएको जानकारी दिइएको हो ।

 

सप्तरी सामुदायिक बिकास केन्ऽका अध्यक्ष शम्भुन्नद चौधरीले गएको आर्थिक वर्ष ०७४/ ७५ मा सप्तरीवाट ११ हजार २ सय जना विदेशिएका छन् । यसमध्ये ३५ जना महिला पनि वैदेशिक रोजगारीमा गएका छन् ।उनका अनुसार हालसम्म ८८ हजार १ सय ८१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

 

सूचना तथा परामर्श केन्ऽ राजविराजका संयोजक रामप्रवेश मण्डलले वैदेशिक रोजगारीका लागि जाने जिल्लामा सप्तरी पाँचौ रहेको बताए । उनले मुलुकमा वैदेशिक रोजगारीका लागि जानेमा धनुषा सबैभन्दा अगाडि रहेको जनाए । उनका अनुसार दोस्रोमा झापा, तेस्रोमा मोरंग, चौथोमा सिरहा र पाँचौमा सप्तरी रहेको छ ।

 

कार्यक्रमका बक्ताहरुले सही जानकारी पाएर मात्र विदेश जानुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विदेश जानेहरूलाई स्थानीय तहमै वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

 

प्रमुख जिल्ला अधिकारी सुरेन्ऽ पौडेलले वैदेशिक रोजगारमा जानुअघि सीप सिकेर राहदानी, सम्झौता पत्र, स्वास्थ परिक्षण प्रमाणपत्र, जीवन बिमाको कागज, भिसा, श्रम स्वीकृति पत्र लगायत महत्वपुर्ण कागजात आफनो घरपरिवारमा प्रतिलिपि छोडनुपर्ने बताए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024