मलेसियास्थित नेपाली दूतावासले श्रमिकलाई भन्यो- आफ्नो पासपोर्ट आफैंसँग राख्नु

15 July, 2026

मलेसियास्थित नेपाली दूतावासले श्रमिकहरूलाई आफ्नो पासपोर्ट आफैंसँग राख्न आग्रह गरेको छ।

एक सूचना जारी गर्दै दूतावासले रोजगारदाताहरूलाई समेत श्रमिकको पासपोर्ट श्रमिकहरूलाई नै राख्न दिन अनुरोध गरेको हो।

कानुनले तथा श्रमिकले पासपोर्ट राख्न अनुमति दिएको अवस्थामा बाहेक अन्य अवस्थामा श्रमिकलाई नै पासपोर्ट राख्न दिनुपर्ने दूतावासले जनाएको हो।

यदि, बिना सहमति रोजगारदाता पक्षले पासपोर्ट नियन्त्रणमा लिए दूतावासमा खबर गर्न समेत भनिएको छ।

यसबारे गुनासो भए दूतावासको ह्वाट्सएप नम्बर ‌+६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024