शुक्रबारदेखि एयर अरेबियामार्फत कामदार पठाउने यूएईको प्रस्ताव

4 June, 2020

होम कार्की, सुरज कुँवर

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले एयर अरेबियामार्फत् नेपाली कामदारलाई  शुक्रबार पठाउने प्रस्ताव गरेको छ । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा छ । 

यूएईस्थित नेपाली दूतावासले एक सय ७९ जना नेपालीलाई यूएईले नेपाली कामदार पठाउन लागेको भन्दै उडानको अनुमति दिन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । उच्चस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा वायु सेवा निगमले आफ्नै एयरलाइन्स प्रयोग गर्नुपर्ने भन्दै विदेशी एयरलाइन्स कम्पनीलाई उडान अनुमति दिन नहुने अडान लिएको छ ।

परराष्ट्रले सबै हवाई शुल्क निःशुल्क भएको भन्दै उडान अनुमति दिन आग्रह गरेको हो । ‘गन्तव्य देशका सरकारले कामदारसँग टिकटको रकम नलिए पनि रोजगारदाताबाट लिने गरेको छ । रोजगारदाताले नै तिर्छ । हाम्रो उडान खाली भएको बेला हाम्रो एयरलाइन्स नै प्रयोग गर्नुपर्छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एक अधिकारीले भने,‘परराष्ट्रको प्रस्तावमा हाम्रो सहमति छैन ।’

उच्चस्तरीय समितिले बिहीबार तीन बजेभित्र भाडादरको प्रस्ताव पेश गर्नको लागि पर्यटन मन्त्रालयलाई अनुरोध गरेको छ । 

यूएईमा रहेका झन्डै १८ हजार जना नेपाली कामदार फर्कनको लागि दूतावासमा आवेदन दिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024