वैदेशिक रोजगार छाडेर गाउँमै कृषिकर्म

25 July, 2015

कतारमा पसिना बगाउँदा उनको कमाइ राम्रै थियो । मासिक लाख रुपैयाँभन्दा बढी कमाउँथे यहाँको कोलेली गाउँका युवा कृष्ण दवाडीले । यतिको कमाइ भए पनि उनमा सन्तुष्टिचाहिँ कत्ति पनि भएन । गाउँ र परिवार छाडेर तातो घाम खाँदै काम गर्नुको पीडाले उनलाई गलायो । ‘विदेशको राम्रो कमाइ छाडेर गाउँमै केही गर्न आइपुगेका यिनले आफ्नो मात्र नभई समग्र गाउँको उत्पादन संकलन गरी बजारसम्म पुर्या्इदिने काम गर्दै आएका छन्,’ स्थानीय राम गुरुङले भने, ‘धेरै युवालाई अहिले उनको कर्मले गाउँमै बसेर कृषिमा लाग्न हौसला मिलेको छ ।’ पछिल्लो केही समययता दवाडीको देखासिकी गरेर अन्य युवाहरूले पनि कृषि क्षेत्रलाई महत्त्व दिन थालेको उनले बताए । कतारको गाभा कम्पनीमा १२ सय नेपालीलाई ‘ह्यान्डेल’ गरेर काम गर्ने गरेको बताए । कमाइ राम्रो भए पनि उनी लामो समय त्यहाँ टिक्न सकेनन् । आफ्नै गाउँ–ठाउँमै गएर केही गर्ने योजना बनाए । कतार पुगेको चार वर्षपछि गाउँ फर्किए । अहिले गाउँमै कृषि क्षेत्रमा लागेर रमाइरहेका छन् । चार वर्षदेखि उनले गाउँमा मर्दिहिमाल कृषि फार्म सञ्चालन गरेर कृषिकर्म गरिरहेका छन् । अझैपनि उनको फार्महाउस बिस्तारकै क्रममा छ । गाईभैसी पालेर उनले दैनिक २ सय ५० लिटर दूध पोखरा बजारमा पुर्यानउँछन् । आफ्नो मात्र हैन गाउँमा उत्पादन भएका सबै कृषिजन्य वस्तुहरू बजारमा ढुवानी गराउँदै आएका छन् । उत्पादन, संकलन र ढुवानीको काममा समेत उनले सहयोग गर्दै आएको स्थानीय बताउँछन् । यसले धेरैलाई कृषि उत्पादन गर्नेतर्फ अग्रसरसमेत गराएको छ । Published on: 25 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024