वैदेशिक रोजगारीमा रहेकालाई स्वदेश फर्कन नि:शुल्क हवाई टिकट

8 May, 2015

सकारले महाभूकम्पमा परी परिवारका सदस्य गुमाएका र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्कन निशुल्क हवाई टिकटको व्यवस्था गर्ने भएको छ।

करार अवधी पुरा भएकालाई एकतर्फी र करार अवधि बाँकी रहेकालाई दोहोरो हवाई टिकटको व्यवस्था गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पका कारण मृत्यु भएका परिवारका वैदेशिक रोजगारीमा रहेका सदस्यलाई हवाइ टिकटको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।

त्त्यसका लागि जेठ महिनाभित्र स्वदेश फर्कनु पर्ने छ। प्रवक्ता रिजालले त्यसका लागि सरकारले केही प्रक्रिया तोक्नसक्ने उनले बताए। तर कस्तो प्रक्रिया भन्ने विषयमा भने सरकारले केही खुलाएको छैन।यसैगरी सरकारले महाभूकम्प प्रभावित पाँच सय गाविसमा भूकम्पका कारण भएको क्षति संकलन गर्न पाँच सय टोली खटाउने निर्णय गरेको छ। यसैगरी महाभूकम्पमा उद्धारमा संलग्न विदेशी टोलीलाई धन्यवाद दिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024