वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गर्ने २ जना पक्राउ

5 July, 2024

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-६ घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षीय जीवन कडरिया र रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ४६ वर्षीय चुडा बहादुर खड्का रहेका छन्।

बेरोजगार युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका थिए। कडरियाले क्यानडा पठाउने भनेर चार लाख २० हजार रुपैयाँ र खड्काले कोरिया पठाउने भनेर १७ लाख रुपैयाँ लिएर फरार भएका उनीहरूविरुद्ध पीडितले जाहेरी दिएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताए।

पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024