वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

24 June, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौं बस्दै आएका २९ वर्षीय राजेश बराम रहेका छन्।

उनले ४ जनाबाट ३७ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024