वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

3 March, 2025

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ परेका छन्। बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गर्ने मोरङ उर्लाबारी-५ की भूमिका देवान र बाँके डुडुवा-५ कमदीका पशुपती खत्री पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

पोल्याण्ड पठाइदिन्छु भन्दै देवानले ३ जनाको ११ लाख र खत्रीले १ जनाको २ लाख २३ हजार रुपैयाँ ठगी गरेका थिए। उनीहरूले विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीमाथि अनुसन्धान गरेर पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको आचार्यले बताए। देवानलाई ललितपुर र खत्रीलाई संतुगलबाट पक्राउ गरिएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026