वैदेशिक रोजगारीमा ठगी धन्दा: ठमेलबाट एक पक्राउ

10 May, 2024

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग धन्दा चलाउने मकवानपुरका एक युवा ठेमलबाट पक्राउ परेका छन्।

पीडितको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखामा बस्ने ३१ वर्षीय असिम नगरकोटीलाई पक्राउ गरेको हो।

नगरकोटीलाई बिहीबार ठमेलबाट पक्राउ गरेर थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024