वैदेशिक रोजगारलाई व्यवस्थित गरौं

2 July, 2014

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन्। वैदेशिक रोजगारीमा विभिन्न समस्या देखिएकाले व्यवसायीले नै पहिला व्यवस्थित र मर्यादित बनाउनुपरेको उनले बताए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २२ औं वार्षिकोत्सवको अवसरमा राज्यमन्त्री गुरुङले व्यवसायीले कामदारलाई सीप र अभिमुखीकरण तालिम दिएर मात्र विदेश पठाउनुपर्ने बताए। व्यवसायीले अभिमुखीकरण तालिम नदिइ पठाइरहेकाले विदेशमा कामदार समस्यामा परेको भन्दै उनले व्यवसायी पहिला जिम्मेवार बन्न आग्रह गरे। 

संघका अध्यक्ष हंशराज वाग्लेले सरकारले भैरहेको म्यानपावर कम्पनीलाई नियमन गर्ने नसकिरहेको सम्बन्धमा नयाँ म्यानपावर कम्पनी खुल्ला गर्ने तयारी गरेको भन्दै पहिला नियमन गर्ने सक्ने क्षमता भए मात्र खोल्नुपर्ने बताए। अहिले नयाँ म्यानपावर खुल्ला गरे २ हजारभन्दा बढी दर्ता हुन्छन्। अहिले नै यस्तो छ, २ हजार थपिएपछि कस्तो होला त्यसैले नयाँ खुल्ला गर्ने नहुने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024