जिल्लाको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित मह्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटाभट्टामा काम गर्न ल्याइ ठेकेदार सम्पर्कविहीन भए पछि अलपत्र परेका ४२ भारतीय मजदुर र उनीहरुका परिवारलाई नेपाल प्रहरीले सोमबार उद्धार गरी स्वदेश फर्काएको छ।
भारतीय ठेकेदारमार्फत मजदुरीका लागि नेपाल आएका उनीहरु काम गर्ने सिलसिलामा अलपत्र परेको सूचना पाएपछि जिल्ला र इलाका प्रहरी लक्ष्मीनियाँ विजयपुरको संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरीले १२ पुरुष, ११ महिला, १० बालक र ९ जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी गौरले जानकारी दिएको छ । हरिनगर गाउँबाट ५ किलोमिटर पूर्व-दक्षिण पर्ने इँटाभट्टाबाट उनीहरुलाई उद्धार गरिएको हो।
उद्धार गरिएका सबैलाई बसमा राखेर गौर भन्सार पठाइएको थियो। भन्सार सुरक्षा गार्डको समन्वयमा उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बर्गेनियास्थित अधिकारीहरुको जिम्मा लगाएको जिल्ला प्रहरीका डिएसपी वसन्त गौतमले बताए । मजदुरहरुलाई अलपत्र छोडेर फरार भएका भारतीय ठेकेदारको खोजी भइ रहेको प्रहरीले जनाएको छ।