युएईको भिसाका लागि अब प्रहरी रिपोर्ट नचाहिने

1 April, 2018

युएईले नयाँ विदेशी कामदारका लागि अनिवार्य गरेको प्रहरी रिपोर्ट अर्को सूचना जारी नभएसम्मका लागि रोकेको छ ।

 

आइतबार युएईको मानव संसाधन मन्त्रालयले ट्वीटरमार्फत अर्को सूचना जारी नभएसम्मका लागि प्रहरी रिपोर्ट अनिवार्य नभएको जानकारी दिएको छ ।

 

युएईले नयाँ विदेशी कामदारले भिसा प्रक्रियाका लागि प्रहरी रिपोर्ट अनिवार्य बुझाउनुपर्ने नियम गएको माघ २१ गतेदेखि लागु गरेको थियो । युएईले केही देशका नागरिकको प्रहरी रिपोर्ट विना नै भिसा प्रक्रिया अघि बढाइसकेको गल्फ न्युजले उल्लेख गरेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024