मृतकका परिवारलाई विदेशबाट सहयोग

13 November, 2017

एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू (मादेन)को परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

 

कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच रु एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लगायतका छरछिमेकले संयुक्त रुपमा दीपकको आमा चन्द्रकला र बुबा कैलाशलाई हस्तान्तरण गर्नुभयो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024