मानव बेचबिखनमा संलग्न राई पक्राउ

16 January, 2019

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ। राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्‍याई जबरर्जस्ती वेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ।

ब्युरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ। अभियुक्तले नेपालको सीमा पार गराई भारतीय वेश्यालयमा पुर्‍याउने र प्रत्येकलाई छ लाख नेपाली रुपैयाँसम्ममा बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024