महिला कामदार जान रोकिएनन् खाडीमा

16 December, 2018

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन्। 

 

वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पैरवीले आज राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरुले कानूनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाएपनि व्यावहारिक रुपमा नरोकिएको बताए। उनले भने, “महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन्।” 

 

भारत जाने महिला कामदारको तथ्याङ्क नभएपनि धेरै खालका समस्या रहेको उनले उल्लेख गरे। पैरवी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धीका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताइन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024