मलेसियामा पनि सामाजिक सुरक्षा

29 December, 2018

मलेसियाले विदेशी कामदारलाई सामाजिक सुरक्षा सेवा दिने भएको छ। मलेसियाले फरेन वर्कर कम्पेन्सेसन स्किमअन्तर्गत रहेको सेवालाई परिमार्जन गरी १ जनवरी २०१९ देखि सोसल सेक्युरिटी अर्गनाइजेसन(एसओसिएसओ)बाट सामाजिक सुरक्षा सेवा दिने भएको हो।

नेपाली राजदूतावास क्वालालम्पुरद्वारा जारी विज्ञप्तिमा रोजगारताले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत एक दशमलव २५ रोजगारदाताले तिर्नुपर्नेछ। यो रकम कामदारले तिर्नुपर्दैन र रोजगारले कामदारको तलबबाट काट्न पाउने छैनन्। यसअघि यस्तो व्यवस्था नहुँदा कामदारले राहत पाउने भएका छन्।

एसओसिएसओमा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी वा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता तथा पुनस्र्थापना सुविधा पाउनेछन्। दूतावासले मलेसियामा कार्यरत विदेशी श्रमिकले आफ्ना रोजगारदातासँग समन्वय गरी उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। अवैधानिक कामदार भने उक्त व्यवस्थामा समावेश हुन पाउने छैनन्।

Published: 29 December 2018 | Annapurna Post

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024