मलेसियामा तीन नेपाली घाइते

25 October, 2017

मलेसियाको पेनागस्थित जुरु टोल प्लाजा नजिकै भएको बस दुर्घटनामा तीन  नेपाली महिला कामदार घाइते भएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ८ जना महिलाको मृत्यु भएको छ । जसमध्ये ७ जना इन्डोनेसियाली र एक  मलेसियन छन् । घाइते नेपाली महिलाको नाम र ठेगाना नखुलेको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे बुझ्न पेनाग राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत डतुक हुवान चेङ गुआन घटनास्थ पुगेको दूतावासले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026