मलेसियाको जोहोरबारुमा दूतावासको सम्पर्क कार्यालय

13 January, 2015

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदारलाई सेवा दिन त्यहाँस्थित नेपाली दूतवासले जोहोर राज्यको जोहोरबारुमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्न्यातले उद्घाटन गरेलगत्तै कार्यलयले सोमबारदेखि नै सेवा थालेको छ। जोहोरबारुमा दुई लाख नेपाली रहेकाले राहदानी नवीकरणका लागि फाराम संकलनलगायत सेवाका लागि कार्यालय स्थापना गरिएको राजदूत बस्न्यातले बताए।

Published  on: 13 January 2015 | Kantipur

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024