बुहारी बिक्री गर्नेलाई ११ वर्ष कैद

27 January, 2015

भाइबुहारी बिक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक दम्पतीलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ । पीडितका छोरालाई जनही ५५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश गरेको छ ।

पीडितको मृत्यु भइसकेकाले छोरालाई क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश गरेको हो । जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको सोमबार बसेको इजलासले मकवानपुर गढी ८ की २८ वर्षीया सानीमाया दंगाल (नाम परिवर्तन) लाई बिक्री गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका ११ की आमाजू ३८ वर्षीया सावित्री घिमिरे र ३९ वर्षीय राजु घिमिरेविरुद्ध उक्त फैसला गरेको हो । 

०६६ साल असारमा घिमिरे दम्पतीले कलकत्तामा काम गर्ने पतिलाई भेट्न जाऊँ भनेर कोठीमा ३० हजार भारुमा बिक्री गरेका थिए । पीडितका पति कलकत्तामा काम गर्थे । सानीमाया ५ वर्षपछि अशक्त अवस्थामा गत मंसिर ५ गते नवलपुरस्थित माइती आइपुगेकी थिइन् । कलकत्तास्थित कोठीमा उनी अशक्त भएपछि सिलगुडीस्थित फोहोर फाल्ने थुप्राेमा उनलाई कोठीका मानिसले फालेका थिए।

भोलिपल्ट बिहान उनलाई भारतस्थित सिलगुडीको एक गैरसरकारी संस्थ्ााले फोहोरका थुप्राेबाट उद्धार गरेर हेटौंडास्थित माइती ल्याएर छाडेको थियो । सानीमायाले प्रहरीमा ०७१ मंसिर ८ गते उजुरी दिएकी थिइन् । गत मंसिर २२ गते सानीमायाको उपचार गर्ने क्रममा नै हेटौंडामा मृत्यु भएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024