बिदेसिएकाहरू अलैंचीले र्फकन थाले

27 July, 2014

कम मेहेनतमै राम्रो आम्दानी हुन थालेपछि लमजुङका किसानहरू पछिल्लो समय अलैंचीखेतीतर्फ आकषिर्त भएका छन्। अलैंचीको बजार मूल्य बढ्दै जानु र खेर गइरहेको जग्गामा पनि राम्रो उत्पादन हुन थालेपछि व्यावसायिक रूपमा लाग्ने क्रम बढेको छ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका ५७ गाविसमध्ये २२ गाविस अलैंची खेतीका लागि उर्बर छ। गएको वर्षसम्म करिब १ सय ३० हेक्टर क्षेत्रफलमा अलैंची लगाउँदै आएकोमा यस वर्ष थप ५ हेक्टरमा खेती बिस्तार गरेको छ। हाल उक्त लमजुङको भुलभुले छिनखोला, खुदी, पूर्वी लमजुङको गौडा, इलमपोख, ढोडेनी फलेनी, बन्सार कोल्की ताघि्रङलगायतका गाविसका किसानहरूले अलैंचीखेती गर्दै आएका छन्। हावापानी र माटो अलैंचीखेतीका लागि उपयुक्त हुनु र अन्य खेतीको तुलनामा आम्दानी बढी हुन थालेकाले कृषकहरू यसतर्फ आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं निमित्त कार्यालय प्रमुख गुनबहादुर थापाले बताए। ‘नगदेबालीमा सबैभन्दा राम्रो खेती अलैंची भएको छ, थापाले भने। उनका अनुसार यो वर्ष ५० दशमलब ५ मेटि्रकटन अलैंची उत्पादन भएको छ। गएको वर्ष १५ मेटि्रकटन मात्र निकासी भएको थियो। अलैंचीको बजारमूल्य हाल प्रतिकिलोको १४ सयदेखि १५ सय रुपैयाँ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024