बालगृह सञ्चालकविरुद्ध सार्वजनिक मुद्दा

1 July, 2015

अवैध रूपमा धादिङका भूकम्पपीडितलाई पोखरामा ल्याएर बालगृहमा राखेको आरोपमा पक्राउ परेका आशा फाउन्डेसनका दुई पदाधिकारीविरुद्ध कास्की प्रशासनले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ। सहयोग गर्ने नाममा स्थानीय प्रशासनको जानकारीबेगर धादिङको री गाविस ५ का १५ परिवारलाई ल्याउने फाउन्डेसन अध्यक्ष दिवाकर सुवेदी र कार्यकारी निर्देशक हरि लम्साललाई सोमबार नियन्त्रणमा लिएको थियो। ‘गैरकानुनी काम गरेकाले उनीहरूविरुद्ध सार्वजनिक मुद्दा चलाएको हो,’ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने। १५ परिवारका ७१ जनामध्ये १७ बालबालिका १६ वर्षमुनिका थिए। प्रजिअ राउतका अनुसार पोखरा ल्याइएका सबैलाई धादिङमै लगेर पुन:स्थापना गर्नुपर्ने आदेशसमेत उनीहरूलाई दिएको छ। Published on: 1 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024