नेपालको रिचार्ज कार्डले कोरियामा कमाइ

24 June, 2015

लिलु डुम्रे

 

रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवा नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड बिक्री गरी आकर्षक कमाइ गरिरहेका छन्।

 

धादिङका बलराम सिलवालले कार्ड बिक्रीबाट मासिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका हुन्। सिलवालले रोजगारका अतिरिक्त कार्ड खरिद बिक्रीबाट राम्रो कमाइ गरिरहेका छन्।

 

रोजगार अनुमति प्रणाली(ईपीएस)मार्फत कामका लागि कोरिया आएका सिलवालले नेपाली युवालाई रिचार्ज कार्ड बेच्दै आएका छन्।

 

रिचार्ज कार्ड खरिदका लागि सुरुमा पाँच लाख वनबाट कारोबार सुरु गरेका उनले हाल सातामा ८० लाख वन बराबरको कार्ड खरिदबिक्री गरिरहेको बताए। 

 

दिनहु नयाँ ग्राहक थपिँदै गएकोले उनलाई पवन सिलवाल र काजिमान राइले सघाईरहेका छन्। नेपाली युवाले कोरियामा उनीसँग खरिद गरेका कार्ड नेपालमा आफन्तलाई रिचार्ज गर्ने गरेका छन्। 

 

कोरियाबाट नेपालमा गरिने कल महसुल दरभन्दा नेपालबाट कोरिया कल गर्दा धेरै सस्तो हुनाले युवाले कार्ड यहाँ खरिद गरी नेपालमा रिचार्ज गरेर फोन गर्न लगाउने गरेका छन्।

 

सिलवालले फेसबुकमार्फत आफ्ना ग्राहक बढाइ रहेका छन्। पाँच हजारभन्दा बढी युवाले उनीसँग कार्ड खरिद गर्ने गरेको जानकारी दिए। पाँच सय र हजार रुपैयाँका कार्ड खरिद गर्नेको संख्या बढी छ। 

 

दिनहु नयाँ ग्राहक थपिँदै गएकोले उनलाई पवन सिलवाल र काजिमान राइले उनलाई सघाईरहेका छन्। दिवा र रात्रि गरी दुई सिफ्फ्टमा काम गर्ने सिलवालले आइतबार बिदामा झन् व्यस्त हुनुपर्ने बताए।

 

नेपाली रिचार्ज कार्डका अतिरिक्त साथै उनले कोरियाका टेलिफोन प्रदायक कम्पनी एसके ,केटी र एलजीका सर्बिस कार्ड पनि बिक्री गर्दै आएका छन्।

 

कोरियाको प्रिपेड सिमको अवधि एक महिना मात्रै हुने भएकाले प्रत्येक महिना भ्यालिडिटी बढाउन अनिवार्य हुँदा सर्बिस कार्ड पनि उल्लेख्य बिक्री हुने गरेको उनले बताए। 

 

नेपाल कलिंग कार्डका साथै मोबाइल एप्स लिबोनलगायतमा पनि उनले रकम रिचार्ज गर्दै आएका छन्।

  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024