नवौं कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीको आवेदन

1 April, 2018

नवौं कोरियन भाषा परीक्षामा सहभागी हुन ८२ हजार २ सय ७९ जना युवाले आवेदन दिएका छन् । 

 

जसमध्ये उत्पादनमूलक क्षेत्रमा ४२ हजार ६ सय ३१ र कषी क्षेत्रमा ३९ हजार ६ सय ४८ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

 

उत्पादनमूलक क्षेत्रमा काम गर्ने गरी ४८ सय र कृषितर्फ २३ सय जनाको कोटा रहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान शनिबार राति १२ बजेसम्म अनलाइन आवेदन दिएका युवाले गल्ती भए २३ गतेसम्म मिलाउन पाउने भण्डारीले बताउनुभयो ।

 

परीक्षा आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024