द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन सरकारले खुलायो आवेदन

25 June, 2024

सरकारले द्वन्द्वग्रस्त इजरायलका लागि कामदार पठाउन आवेदन आह्वान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरेको हो।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष नाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायक कामदारको रूपमा इच्छुक नेपाली नागरिकका लागि सरकारले उक्त आवेदन आह्वान गरिेको हो।

साथै इच्छुक व्यक्तिलाई थप जानकारी चाहिएमा विभागको वेब साइटबाट जानकारी लिन सकिने पनि बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024