दक्षिण कोरियाले निकाल्यो दुई नेपाली

24 February, 2025

काठमाडौं : दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो।

निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरी रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो।

यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा विक, मगर, इसार र घिसिङ थरका रहेका थिए। उनीहरू अघिल्लो साता निष्कासनमा परेका थिए।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024