दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

15 April, 2025

काठमाडौं : दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो।

निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो।

यसअघि दक्षिण कोरियाले दुई जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरका रहेका थिए। पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024