जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

12 December, 2024

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ का ४५ वर्षीय विष्णु लोप्चन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

ललितपुरबाट पक्राउ परेका लोप्चनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024