जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पारस पक्राउ

8 October, 2024

काठमाडौं : जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पारस कार्की पक्राउ परेका छन्। आकर्षक तलबको प्रलोभनमा पारेर दुई जना युवायुवतीलाई ठगी गरेको आरोपमा कार्की पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयको टोलीले कार्कीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। कार्कीले दुई जनासँग २ लाख २५ हजार ठगी गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। पीडितको जाहेरीपछि उनीहरूलाई पक्राउ गरिएको जिसीको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024