जापानले किन निष्काशन गर्‍यो दुई नेपालीलाई?

13 February, 2025

काठमाडौं : अमेरिकाले मात्रै होइन जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेर ‘ओभर स्टे’ भएका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।

पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशितमा परेका छन्। निष्काशित हुनेमा बुढाथोकी र ढकाल थर भएका दुई पुरूष रहेका छन्। उनीहरूलाई कोरियन एयरको जहाजबाट जापानले नेपालले पठाएको हो।

उनीहरू गतसाता काठमाडौं आइपुगेको स्रोतले बताएको छ। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

यसअघि त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले चार नेपालीलाई निष्काशित गरेको थियो।

विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान,अमेरिका,मलेसिया,क्यानडा,फ्रान्स,माल्दिभ्स,दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ। जसको मारमा नेपालीहरू पनि पर्ने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024