‘छालाको सर्जरीका लागि मानव बेचबिखन’

26 February, 2018

सुमन तिमल्सिना

मानव बेचबिखनको स्वरुप परिवर्तन हुँदै गएको माइती नेपालले जनाएको छ । माइती नेपालको मेची–महाकाली जनचेतना अभियानमा मानव बेचबिखानको स्वरुप र प्रयोगमा परिवर्तन आएको बताइएको हो । यौन क्रियाकलाप तथा श्रम शोषणका लागि हुने गरेको मानव बेचबिखन अहिले छालाको तस्करीका लागि हुने गरेको तथ्याङ्क सार्वजनीक भएको माइती नेपालले जनाएको छ ।

रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनीक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूको अनुहारमा सर्जरीको तस्करी हुन थालेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

 

‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ,’ खड्काले भन्नुभयो, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’

 

नेपाल–भारत सीमा क्षेत्र रानीमा आयोजना भएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको मेची–काली जनचेता अभियानको क्रममा माइती नेपालका निर्देशक विश्वराम खड्काले नेपाली महिलाको अनुहार काटेर छाला बिक्री गर्ने धन्दा सुरु भएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

 

‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ,’ खड्काले भन्नुभयो, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’खड्काका अनुसार नेपालका पढेलेखेका र डिग्री हाँसिल गरेका महिलाहरु पनि मानव तस्करको जालमा पर्ने गरेका छन् । 

 

महिला तथा बालबालिकाको तस्करी आन्तरिक, सीमा पार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म नेपाली महिलाको तस्करी हुने गरेको तथ्यांक फेला परेको उल्लेख गर्नुभयो ।

 

‘विश्वमा २५ लाख मानिस मानवतस्करीको चपेटामा पर्ने गरेका छन्’ उहाँले भन्नुभयो, ‘त्यसमध्ये एसियामा मात्रै १४ लाख मानिस बेचबिखनमा परेका छन् ।’

 

नेपालबाट ७ वर्षका बालबालिकालाई पनि बेचबिखन गरिने गरेको माइती नेपालको तथ्यांकमा रहेको छ । ‘साना–साना बालबालिकालाई बेच्ने र विभिन्न औषधि खुवाएर शारिरीक अंग बढाएर यौन क्रियाकलापमा सहभागी गराउने गरेको पाइएको छ,’ खड्काले भन्नुभयो, ‘बेचबिखन बिरुद्धमा सचेतनादेखि महिला सशक्तिकरणमा स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्छ ।’

 

राष्ट्रिय आँकडाले विश्वका हरेक देशमा नेपाली महिलाको बेचबिखन हुने तथ्याङ्क सार्वजनिक गरीरहँदा पूर्वका धेरै नाकाहरुबाट पनि मानव ओसार पसार भइरहेको माइती नेपालले जनाएको छ ।  सन् २०१७ मा भारत लैजाँदै गरेका १ सय २० जना नागरिकलाई नाकाबाटै रोकिएको माइती नेपालले जनाएको छ ।

 

मोरङबाट पनि सीमापारी पुर्याइएका ४० जना नागरिकलाई उद्धार गर्न सफल भएको माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । तथ्यांक अनुसार ४२ जना हराएका, २ जना घरेलु हिंसामा परेको, ९ जना हराएर भेटिएका र ७ जना बलात्कारमा परेको उल्लेख छ ।

 

यस्तै हिंसामा परेर सुरक्षित बसाइँसराई गरेकाको संख्या १ हजार ८ सय ६४ रहेको छ । सबैभन्दा बढी मोरङ जिल्लाबाट ३४ जना, सुनसरीबाट ३० जना, उदयपुरबाट १४ जना र झापाबाट १२ जना बेचबिखनमा परेका छन् । बेखबिखनमा परेका १ सय २० जनामध्ये १८ वर्षभन्दा कम उमेरका ५८ जना बालबालिका मात्रै रहेको पाइएको छ ।

 

सरोकारवाला भन्छन् नीति बनाउँछौ

 

मानव बेचबिखनको अवस्थालाई रोक्नको लागि प्रदेश स्तरबाट काम थालिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

 

मानव बेचबिखनको अवस्था भयावह हुँदै गएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल बताउनुहुन्छ  । ‘यातायात र सूचना प्रविधिको दूरुपयोगले ठूलो समस्या निम्त्याएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको नियन्त्रणका लागि स्थानीय सरकार र प्रदेश तथा केन्द्र सरकार सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्छ ।’ वैदेशिक रोजगारीका कारण रेमिट्यान्स आएको भए पनि त्यसले सामाजिक मूल्य कमजोर बनाउँदै गएकोप्रति गम्भीर हुनुपर्ने पौडेलले भनाई छ ।

 

२५ वर्ष पुगेको उपलक्ष्यमा माइती नेपालले सुरु गरेको मेची–महाकाली जनचेतना अभियान १२ गते झापाको काँकडभिट्टामा कार्यक्रम गरी सुरु भएको हो । अभियान मकवानपुरको हेटौंडामा पुगेर समापन हुने माइती नेपालले जनाएको छ । माइती नेपालले स्थापना भएको २५ वर्षभमा एक लाख २५ हजार महिला तथा बालबालिकालाई उद्धार गरेको निर्देशक खड्काले जानकारी दिनुभयो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024