चेक रिपब्लिक पठाइदिने भन्दै ३ लाख बढी ठगी, युवक पक्राउ

28 April, 2025

काठमाडौं : चेक रिपब्लिक पठाइदिने भन्दै ३ लाख रुपैयाँभन्दा बढीको ठगी गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ३१ वर्षीय नारायण बस्नेत रहेका छन्।

उनले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026