ग्रिस पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

13 February, 2025

३० माघ, काठमाडौं । वैदेशिक रोजगारीमा ग्रिस पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024