ग्रिस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

25 June, 2025

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका–४ का राजेश बरामलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार राजेशले ग्रिस पठाइदिन्छु भन्दै पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024