गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला

3 June, 2024

गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ। पोखराको इभेन्ट सेन्टरमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।

रोजगार मेलाको उद्घाटन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गर्ने कार्यक्रम छ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने विश्वास लिइएको छ। मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायत सरोकारवाला संस्था मेलामा आवद्ध छन्। मेला भोलि सकिने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024