कोरियन विशेष भाषा परीक्षा जेठ १९ गते

27 May, 2025

काठमाडौं : कोरियन विशेष भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ। एक दिन मात्र सञ्चालन हुने परीक्षामा ७९९ जना सहभागी हुने छन्।

ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर परीक्षा हुने मिति र संख्या सार्वजनिक गरेको हो। भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा सञ्चालन हुने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026