कुवेतमा अवैध बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने

18 April, 2024

कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ।

अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो।

भिसा नियम उल्लङ्घन गरेका विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ।

यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहे विना जरिवना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुन कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउने गरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ।

कुवेत नेपालको आकर्षक श्रम गन्तव्य हो। यहाँ एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांक अनुसार ६२ हजार ७०८ पुरूष र ४४ हजार ७८१ महिला छन्।जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्।

घरेलु काममा ३० हजार भन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

नेपालीहरू पनि भिसा नियम उल्लंघन गरी बसेको भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024