करेन्ट लागेर कामदारको मृत्यु

19 June, 2025

राममणि दाहाल

मकवानपुर, असार ४ गते । हेटौँडा उपमहानगरपालिका –१९ नेवारपानीस्थित तारा फाइबर उद्योगमा कार्यरत कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

कमल सुवेदी, रमेश पौडेल र सुदर्शन बिडारीले संयुक्त रुपमा सञ्चालन गरेको सो उद्योगमा हेड अपरेटरको रुपमा काम गर्ने कामदार भारत बिहार राज्य पूर्वी चम्पारणका भुषण बैठाको बुधबार दिउँसो २ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको हो ।

४० वर्षीय बैठाले सोही उद्योग नजिकै रहेको खोला (सोनो खोल्सा) किनारबाट मोटर लगाएर पानी तान्ने क्रममा पानी नआएपछि जाँच गर्ने क्रममा करेन्ट लागि घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव हेटौँडा जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024