कतारमा ६ सय नेपाली हडतालमा

24 November, 2014

न्यून तलबमा कार्यरत नेपालीसहित ७ सय कामदार कतारमा दुई दिनदेखि हडतालमा उत्रेका छन् । तिनमा झन्डै छ सय नेपाली छन् । कतारस्थित नेपाली दूतावासका अनुसार उनीहरूले तलब वृद्धिको माग राखेका हुन् । ‘कामदारका माग तलब बढाउनुपर्छ भन्नेछ,’ श्रम सहचारी लीलानाथ दाहालले कान्तिपुरलाई भने ।

ती कामदारले न्यूनतम ६ सय रियालमा काम गर्दै आएका छन् । नेपाल सरकारले तोकेबमोजिम ९ सय रियाल हुनुपर्ने उनीहरूको माग छ । ‘६ सय रियाल निकै कम भयो । यसले दैनिक खाना खान ठीकै हुन्छ’, बर्दियाका नरेन्द्र थापा मगरले भने ।

ती कामदार शनिबारदेखि श्रमिक शिविरमै बसेका छन् । उनीहरू कतार फ्रिल्यान्स ट्रेडिङ एन्ड कन्ट्रक्टिङ र कतार मिडिलिस्ट कम्पनीमा कार्यरत छन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए देश पठाइदिन माग राखेका छन् । कम्पनीले कामदारले माग गरेबमोजिम तलब बढाउन नसक्ने बताएको छ । ‘हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं,’ कम्पनीका म्यानेजर हमिद खानको भनाइ उद्धृत गर्दै श्रम सहचारी दाहालले भने, ‘बरु कामदार स्वदेश पठाउन तयार छौं ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024