कतारमा समयमै एमआरपी नपाइने

26 October, 2015

कतारमा कार्यरत सबै नेपालीको हातमा मेसिन रिडेबल राहदानी (एमआरपी) समयसीमाभित्र दिलाउन नसक्ने भएको छ।  कतारस्थित नेपाली दूतावासका अनुसार आउँदो नोभेम्बर २४ बाट हस्तलिखित राहदानी प्रयोगमा नआउने भएकाले सबैले एमआरपी बोक्नुपर्ने अनिवार्य अवस्था छ। 

 ‘अहिले पनि दैनिकजसो २ सय जना एमआरपी बनाउन आवेदन दिइरहेका छन्,’ कतारका लागि कार्यवाहक राजदूत मणिरत्न शर्माले कान्तिपुरलाई भने, ‘यही अवस्था रहिरहेमा सबैलाई समयसीमाभित्र एमआरपी दिलाउन सकिने स्थिति देखिन्न।’ कतारमा करिब ४ लाख नेपाली कार्यरत छन्। त्यसमध्ये एमआरपी राहदानी बोक्नेको संख्या भने यकिन छैन। 

 

 ‘दूतावासबाट मात्रै करिब एक लाख एमआरपी वितरण भइसकेको छ। नेपालबाट आउने नयाँ कामदारले काठमाडौंबाट बनाएर आएका छन्,’ उनले भने, ‘कतिले एमआरपी बनाउन बाँकी छ भन्ने छुटाउन सकिएको छैन ।’

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024