एकचालिस प्रतिशतको रोजाई मलेसिया

17 October, 2014

मलेसिया वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तब्य बनेको छ । काम गर्न विदेश जानेमध्ये ४०.८७ प्रतिशत नेपाली युवा मलेसिया जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि कुल एक सय नौं मुलुक खुला गरिएकामा झण्डै ४१ प्रतिशत स्थान मलेसियाले मात्र कब्जा गरेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ६ बर्षको तथ्यांकमा मलेसियापछि कामदारको दोस्रो रोजाईमा साउदी अरब परेको छ । साउदीमा ६ बर्षयता कुल विदेशिएका कामदारमध्ये २२.९२ प्रतिशत गएका छन् । यसैगरी कामदारको तेस्रो रोजाईमा कतार र चौथोमा युएई परेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024