उत्तराखण्डको डढेलोमा परेर बझाङका दुई युवाको मृत्यु

3 May, 2024

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ।

बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए।

मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवार समस्यामा परेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024