इराक लगेर मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

18 March, 2025

काठमाडौं : विभिन्न प्रलोभन देखाएर इराकमा लगेर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का ३४ वर्षीय हिरा तामाङ रहेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार तामाङले इराकमा घरेलु काममा आकर्षक तलब हुने प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्‍याएका थिए। विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाई राखेकोमा अवस्थामा पीडित गत फेब्रअरी ५ मा नेपाल फर्किन सफल भएका थिए।

नेपाल फर्किएपछि पीडितले ब्युरोमा उजुरी दिएका थिए। पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024