इराक पुर्‍याएर बेचेको आरोपमा एक जना पक्राउ

18 March, 2025

इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन।

नुवाकोट तार्केश्वर गाउँपालिका-५ का ३४ वर्षीय हिरा तामाङ पक्राउ परेका हुन्।

उनलाई मानवबेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

उनीविरूद्ध इराकबाट दुवई हुँदै फर्किन सफल भएकी एक जनाले तामाङविरूद्ध फागुन ११ गते ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

‘प्रलोभनमा पारेर इराक पुर्‍याई बेचेको आरोप छ,’ एसपी कुँवरले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024